राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी

0

काठमाडौं \   राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णोद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी हुनुभएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पूजापछि मूल छत्र जीर्णोद्धारमा सहयोग गर्ने १० जनलाई राष्ट्रपति पौडेलले प्रशंसापत्र समेत वितरण गर्नुभयो ।

महाचैत्यको मूल छत्रमा २०७९ को हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबिच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पूजा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.