कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

0

कपिलवस्तु \  कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.