विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स पहिलो स्थानमा

0

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ ।

जर्मनीले प्रकाशन गरेको यो सूचकाङ्कले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका १ सय ९३ वटा देशहरुको प्रकोप जोखिम मापन गर्नेगर्छ । सन् २०२२ को सूचकाङ्कले सबैभन्दा बढी जोखिमयुक्त देशमा फिलिपिन्स, भारत र इन्डोनेशियालाई राखेको छ ।

प्यासिफिक क्षेत्रमा रहेको द्वीपसमूह प्रायः शक्तिशाली टाइफुनहरू, बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको चिनियाँ समाचार माध्यम सिन्ह्वाले जनाएको छ ।  ६ दिनअघि दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको खबरमा उल्लेख छ । अझै हराइरहेका ६३ जनाको खोजी भइरहेको छ ।

उद्धारकर्मीहरुले पहिरोमा परि भत्किएका संरचनाको माटो र भग्नावशेष निकाल्ने काम गरिरहेका छन् । डाभाओ डे ओरो प्रान्तको माकोमा पहिरो जाँदा १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएका स्थानीय अधिकारीले बताएका सिह्वाले जनाएको छ ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.