फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने

0

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएकाे छ ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेकाे शुक्र ग्रहकाे रहस्य पत्ता लगाउनेसहित दुई वटा यान पठाउन फ्रान्सलाई अनुमति दिएको छ ।

लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना (एलआईएसए) अन्तरिक्षबाट गुरुत्त्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने ईएसएले दाबफ गरेको छ । यो रकेटमार्फत् सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन वटा अन्तरिक्ष यानको प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

यस्तै, ईएसएले आधिकारिकरूपमा अर्को एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्र ग्रहतर्फ उड्ने खबरमा उल्लेख छ  । मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको ईएसएले जनाएकाे छ ।

ईएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ ।

Leave A Reply

Your email address will not be published.