भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

0

भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै हुनुहुन्छ ।

रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भएको खबरमा उल्लेख छ । कार्यक्रमका लागि गर्भगृहदेखि राम मन्दिरसम्म पूरै फूल र बत्तीले सजाइएको छ । मन्दिर वरपरका पर्खालहरू मूर्तिहरूले सजाइएका छन् ।

राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

कार्यक्रममा ठूला नेता, उद्योगपति, अभिनेता, कुटनीतिज्ञ, न्यायाधीशलगायत सात हजार जना नागरिक कार्यक्रममा सहभागी हुँदैछन् ।

Leave A Reply

Your email address will not be published.