नागरिक लगानी कोषमा पर्वतकुमार कार्की नियुक्त

0

काठमाडौं \  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सो जानकारी दिनुभयो ।

कार्कीको कार्यअवधि चार वर्षको हुने छ । अब कोषको निर्देशकको कार्यअवधि चार वर्ष कायम भएको छ । यसअघिका कार्यकारी निर्देशक रमन नेपालले पाँच वर्षको अवधि पूरा गरेपछि २०८० मंसिरदेखि पद रिक्त भएको थियो ।

कोषका उपनिर्देशक नारायण घिमिरेका अनुसार कोषमा साढे सात लाख बचतकर्ता आबद्ध छन् भने साढे दुई खर्ब रकम बचत जम्मा रहेको छ । यस कोषमा सरकारी तथा अन्य निकायका कर्मचारी बचतकर्ता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.