औषधी उत्पादनको काम तत्काल सुरु गर्नुस् : प्रधानमन्त्री

0

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।

आइतबार नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गतिरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बिचमा “अपडाउन” भएको मैले बुझेँ। औषधी उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईँहरूले काम सुरु गर्नुस्। सरकारका तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु।” प्रधानमन्त्रीले अहिले २० वटा औषधी उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.