चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

0

काठमाडौं \ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले दुग्ध बेचेको करिब १७ करोड रुपियाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताउनु भयो । उहाँले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको जानकारी दिनुभयो । चैतभित्रमा किसानहरुको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धान उत्पादनको महत्व ठूलो छ । आर्थिक वर्ष २०७८/७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौैं । त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो । तर १७ प्रतिशत मात्रै बालिमा सिँचाई हुन्छ । बाँकी आकाशे पानीको भरमा हो । आकाशबाट पानी आयो खेती हुन्छ नभए हुँदैन । त्यसैले तराईमा सिँचाईमा जोड दिन खाजेको हो ।’’

मन्त्री भुसालले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिँचाई सुविधा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमध्ये १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिँचाई हुने गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.