बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत

0

काठमाडौं \ बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन् । उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ ।

Leave A Reply

Your email address will not be published.