प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल आज

0

काठमाडौं \ प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्तमा कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् ।

प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई हराउँदै एपिएफ फाइनलमा पुगेको थियो । कोशीले भने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई पाखा लगाउँदै एपिएफ विरुद्धको फाइनल भिडन्त तय गरेको हो ।

गत वर्ष कोशी प्रदेशलाई हराउँदै सुदुपरिश्चमले उपाधि जितेको थियो । यसपटक एपिएफ र कोशी प्रदेशले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थान ओगटेका थिए ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कुल आठ टोली सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.