प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ: भ्रमण वर्षले पर्यटन व्यवसायीलाई सुदृढ बढ्ने

0

हेटौंडा \ बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पर्यटन व्यवसायीलाई सुदृढ बनाउन प्रदेश भ्रमण वर्ष २०२४ आयोजना गरिएको बताउनुभएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै मन्त्री महर्जनले पर्यटन व्यवसाय फस्टाउन भ्रमण वर्षले थप टेवा पुग्ने बताउनुभयो । बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले प्रदेश भ्रमण वर्ष सुरु गरेको उहाँको भनाई छ ।

उहाँले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि गृहकार्य भइरहेको बताउँदै प्रदेशभित्र नाइट टुरिजमको अवधारणा ल्याउने बताउनुभयो । बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवगमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्धेश्य राखेर बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ भएको जानकारी गराउनुभयो ।

बागमती प्रदेश भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सक्रिय भूमिकाका लागि सबैलाई अनुरोध गर्दै मन्त्रालयका सचिव गोविन्द रिजालले भ्रमण वर्षले आनन्द, आतिथ्यता र एकताको साथै कला, संस्कृति, रहन सहन, परम्पराको संरक्षण, सम्वद्र्धन र पर्यटकीयस्थल र सम्भावनाको पहिचान, प्रचार–प्रसार र विकासमा योगदान पु–याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.