बालकुमारी प्रदर्शन : दुईजनाको मृत्यु

0

काठमाडौं \  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिकाे भडपमा दुईजनाको मृत्यु भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँको भनाइ छ ।

उहाँले प्रदर्शनको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो। दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

Leave A Reply

Your email address will not be published.