अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिन राष्ट्रसङ्घको आग्रह

0

अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।

देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन राष्ट्रसङ्घले आग्रह गरेको हो ।

तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले यस्तो टिप्पणी गर्नु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो । तालिबानको निर्णयकाे स्वदेशी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

मानवीय सहायतामा भर परेको देश अफगानिस्तानको अर्थतन्त्र अहिले महिलालाई काम गर्न  प्रतिबन्ध लगाएका कारण झनै खस्कँदै गएको राष्ट्रसङ्घको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.