गाजामा रहेको अर्को अस्पताल पनि बन्द, सयौँ घाइतेहरु उपचारको पखाइमा

0

गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजरायली सेनाको आक्रमणपछि काम गर्न बन्द गरेको छ । इजरायली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेपछि बन्द गर्नुपरेको अस्पतालका निर्देशक फादेल नइमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सेनाले भवनका केही भागलाई नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई पक्राउ गरेको उहाँले बताउनुभयो । अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजापट्टीमा इजरायली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाले सानो समूहका साथ काम गरिरहेको छ । अस्पतालहरु बन्द हुँदा सयौँ घाइतेहरुले उपचार पाउन सकेका छैनन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ता जेम्स एल्डरलेले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उहाँले अवस्था खतरनाक रहेको बताउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.