राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव

0

काठमाडौँ \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् ।

समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको भन्दै लिङ्देनले त्यो सम्भव रहेको पनि बताए । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भने, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि कार्यसम्पादन समिति बैठकबाट पास भइरहेको उक्त कार्य योजनाअनुसार राप्रपामा आन्दोलनमा जाने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.