सरकार र मधेसी मोर्चाबीच आज पनि वार्ता

0

काठमाडौं २० असोज । आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । हिजो भएको वार्ता औपचारीकतामा सिमिति भएपछि आज मोर्चाको प्रस्तावमा केन्द्रित छलफल हुनेछ । वार्तामा मोर्चाले राखेका ३० बुँदे संसोधनका विषयमा छलफल केन्द्रित हुने दलहरुले बताएका छन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा हुने वार्तामा मोर्चाले सीमांकन, समावेसी–समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगाएतका संविधानमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरिसकेकाले त्यसमा छलफल हुनेछ । मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज सरकारले त्यसमा जवाफ दिने अपेक्षा गरेको जानकारी दिए ।
सरकारी वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि आज हुने वार्तामा ठोस प्रस्ताव ल्याउने बताएकोले आज केही उपलब्धि हुने विश्वास रहेको उनको भनाई छ । मोर्चाले सीमांकनलाई बटम लाईट बनाए पनि सरकारी वार्ता टोलीले संघिय आयोगलाई जिम्मा दिनुपर्ने अडान राखेको छ । सरकारी वार्ता टोलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि मोर्चाले आफ्नो माग पुरे नभएसम्म आन्दोलन जारी रहने पूर्ववत अडान राखेको थियो ।

Leave A Reply

Your email address will not be published.