वायु सेवा निगमका अधिकृत पक्राउ

0

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।

भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भैरहेको छ ।

नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । विस्तृत अध्ययनपछि थप जानकारी दिने एसपी रेग्मीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.