एसीसी यू–१९ एसिया कप : आज भारतलाई चुनौती दिँदै नेपाल

0

काठमाडौँ \ एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ ।

आईसीसी एकेडेमीको अर्को मैदानमा सोही समयमा पाकिस्तान र अफगानिस्तानबिच खेल हुनेछ । समूहगत चरणको अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रूपमा मात्र बाँकी छ । नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई—दुई खेलिसक्दा पाकिस्तान चार अङ्कसहित पहिलो, भारत दुई अङ्कसहित दोस्रो, अफगानिस्तान दुई अङ्कसहित तेस्रो र नेपाल शून्य अङ्कसहित चौथो स्थानमा छन् । नेट रन रेट भने पाकिस्तानको १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको –२.०२४ रहेको छ ।

Leave A Reply

Your email address will not be published.