कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय तोकियो

0

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आज आइतवार मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री कार्कीसँगै राई असोज २७ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुनुभएको थियो भने उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त हुनुभएको थियो । असोज २७ गते नै मन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका राम रानाले भने राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसक्नुभएका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिनुभएको हो । अब सभामुखको चुनाव भएपछि मात्रै मन्त्रिमण्डल विस्तार तथा पूर्णता दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त छ ।

Leave A Reply

Your email address will not be published.