राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्ता पुस २३ गते

0

काठमाडौं \  निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको उम्मेदावरी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।

यसैगरी पुस २३ गते दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुने आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

आयोगका अनुसार मतदान कार्य माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने जनाइएको छ।

प्रतिनिधिसभा सदसय तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा १ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबैलाई कार्यक्रम मार्फत आयोगले जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.