सरकार कमजोर हुँदा प्रतिगामी तत्त्व सल्बलाए : अध्यक्ष ओली

0

डडेल्धुरा \  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ ।

मध्यपहाडी लोकमार्ग पदयात्राको दोस्रो दिन आज शुक्रबार डडेलधुरामा आयोजित सभामा उहाँले सो आग्रह गर्नुभएको हो । सो क्रममा उहाँले सरकारको कामप्रति गुनासो गर्नुभयो ।

“यो सरकार कसैले ढाल्नु पर्दैन । सरकार हल्लिराख्या छ । चर्‍याकमर्‍याक, चर्‍याकमर्‍याक भइराख्या छ । तर हामी पश्चिमबाट पूर्वसम्म तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफै ढल्न पछि सक्छ” अध्यक्ष ओलीले थप्नुभयो, “यो त गठबन्धन नामक छेस्काले अडिएको छ । यसको न कुनै सिद्धान्त छ, न कुनै योजना नै । यसको देश बनाउने योजना पनि छैन ।”

नेपाली काँग्रेस प्रचण्डपथमा अहिले हिँडिरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै मान्छेहरूलाई मुद्दा लागेको छ । थुनिएको छ । हो होइन, अदालतले भन्ला । तर माओवादीका मान्छेहरू, नेताहरू तस्करहरूसँग सम्बन्ध राख्दा समेत पक्राउ पर्दैनन् ।”

Leave A Reply

Your email address will not be published.