छिट्टै नै प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गर्छौः मुख्यमन्त्री जम्कट्टेल

0

हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचनाहरु स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचनाहरु एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालयहरु विस्तारै सरकारी भवनहरुमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताउँनुभयो । यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौति गरेर उत्पादनमा जोडदिने गरि काम गरिने बताउँनुभयो ।

उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामाग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो ।  प्रदेश सरकारले कृषि क्षेत्रमा सामूदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरण तर्फ समेत ध्यान दिइने बताउनुभयो । प्रदेश सरकारले  देखिनेगरि सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योग मन्त्री रामकृष्ण चित्रकारले नीजि घरमा भाडामा बसेका थियौ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताउनुभयो । जनताले महशुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनु पर्ने भन्नुहुँदै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सभाका सदस्यहरु, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.