‘गुरुनानक सामाजिक न्यायका मार्गदर्शक’

0

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शुभकामना प्रदान गर्नुभएको छ ।

उहाँले धार्मिक गुरु गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका अन्त्यका साथै अन्धविश्वास र कुरीतिको विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका स्मरणीय रहेको बताउनुभयो । गुरुनानक जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका सम्पूर्ण शिख धर्मावलम्बीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।

शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जन्मजयन्ती हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमामा भक्तिभावका साथ मनाइने गरिन्छ । “गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

उहाँले समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सबैका लागि ईश्वर एउटै 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख समुदायका महान् पर्व गुरुनानक जयन्तीबाट सबै खाले विकृति, विसङ्गति तथा विभेदको अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणमा दत्तचित्त भई लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गुरुनानक जयन्तीको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले गुरुनानकले दिनुभएको साम्प्रदायिक एकता र आपसी मेलमिलापको सन्देश सबैले आत्मसात् गर्दै मन, वचन र कर्मले देश विकासको महाअभियानमा लाग्न उत्प्रेरित गर्न सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

सन्देशमा उल्लेख छ, ‘‘गुरुनानकले सम्पूर्ण मानवलाई आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाडेर ग्रहण गर्न दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महìवपूर्ण छन् । गुरुनानक जयन्तीका पावन अवसरमा शिख समुदायले गुरुद्वारामा आफ्नो पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ पढ्ने परम्परा छ । यो दिन गुरुद्वारामा कीर्तन गर्ने, दीप प्रज्वलित गर्ने र दिउ“सोको खाना त्यही पकाएर पङ्क्तिबद्ध भई सबैले प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन्, जसलाई ‘लङ्गर’ भनिन्छ ।

गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानव मात्रको कल्याण गर्ने जीवन सूत्र दिनुभएको छ । उहाले धर्म, समानता र प्रेमको प्रचार गर्दै ‘एक ओमकारा’, ‘एक सतनाम’ अर्थात् सबैका लागि ईश्वर एउटै भएको बताउनुभएको थियो । गुरुनानक जयन्ती गुरु पर्व, प्रकाश पर्व, गुरु पूरबका रूपमा समेत मनाइन्छ । शिख धर्मावलम्बीले गुरुद्वारामा गई कीर्तन गर्ने, दीप प्रज्वलित गर्नेलगायतका कार्यक्रमको आयोजना गरी यो जयन्ती मनाउछन् ।

Leave A Reply

Your email address will not be published.