अफगानिस्तानमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु

0

मेयमाना  \  उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिए ।

बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन बालबालिका र एक महिलासहित अन्य छ जना घाइते भएका थिए । उक्त जिल्लामा शुक्रबार पनि दुई वटा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको खराब सडक अवस्था, भीडभाड हुने सडकमा यात्रा गर्दा सुरक्षाका उपायको अभाव, सवारी साधनको अस्तव्यस्तता र लापरबाहीपूर्वक सवारी चलाउनुलाई अफगानिस्तानको सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्‍याइने गरेको छ ।-(रासस/सिन्ह्वा)

Leave A Reply

Your email address will not be published.