नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करण आजदेखि

0

काठमाडौं \  नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को दोस्रो संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आज साँझ हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टीङ इलाम डे मेचीको सामना गर्नेछ ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा नौ वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको पहिलो संस्करण कोभिड महामारीको बेलामा बन्द रंगशालामा गरिएको थियो ।

यसपटकको प्रतियोगितामा पहिलो संस्करणका ७ मध्ये ६ टोली साविक विजेता काठमाडौं रेजर्ससँगै साविक उपविजेता धनगढी एफ.सी, ललितपुर सिटी, पोखरा थन्डर्स, एफ.सी चितवन र बुटवल लुम्बिनी एफ.सी सहभागी छन् ।

तीन वटा नयाँ टोली झापा एफ.सी, स्पोर्टीङ इलाम डे मेची र वीरगंज युनाइटेड पहिलो पटक प्रतियोगितामा सहभागि हुँदा अघिल्लो सिजन खेलेको बिराटनगर एफ.सी भने बाहिरिएको छ ।

Leave A Reply

Your email address will not be published.