प्रधानमन्त्री प्रचण्डलाई सम्मान

0

काठमाडौं \  नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।

शङ्खधर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गर्नुभयो । उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो ।

गरेको थियो । मन्त्रिपरिषदबाट उक्त ऐतिहसिक निर्णय गराउनुभएकामा प्रधानमन्त्री दाहाललगायत मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.