राष्ट्रपति सीको अमेरिका भ्रमणले चिनियाँहरूमा उत्साह

0

चीन \  चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणका क्रममा चीनले गरेको प्रविधिको विकास र चिनियाँ जनजीवनको अवलोकनका लागि आगामी पाँच वर्षभित्र अमेरिकाका ५० हजार युवा चीन यात्रा गर्ने बताएका छन् ।

अमेरिकाको सान फ्रान्सिस्को भ्रमणमा गएका राष्ट्रपति सीले गरेको सो घोषणालाई चिनियाँ सञ्चार माध्यमले प्रमुखताका साथ प्रसारण गरेका छन् । उक्त समाचारलाई चिनियाँ युवायुवतीले सामाजिक सञ्जालमा चीन–अमेरिका सम्बन्धमा खुसीको खबर भनी सेयर गरिरहेका छन् ।

राष्ट्रपति सी र अमेरिकाका राष्ट्रपति जो बोइडेनबीच भएको वार्ता र संवादका विषयमा चीनका अधिकांश सञ्चार माध्यमले चीन–अमेरिका सम्बन्धका विविधि आयामका बारेमा बहस चलाइरहेका छन् ।

विश्वका दुई महाशक्ति राष्ट्र प्रमुखबीच भएको संवाद र सहमतिले विश्वमा शान्ति स्थापना, चीन अमेरिका सम्बन्धमा नयाँ रणनीतिक दृष्टिकोण, दुई देशका जनताबीचको सम्बन्धमा नयाँ आधारहरू बनेका खबरले चिनियाँहरूमा उत्साह छाएको हो ।

Leave A Reply

Your email address will not be published.