रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

0

काठमाडौं \ कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको थियो । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गर्नुभयो । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

रोहित र दिपेन्द्रको अविजित साझेदारी

रोहितले विजयी चौका प्रहार गरी आफ्नो अर्धशतक पनि पूरा गर्नुभयो । रोहितले ४० बलमा पाँच चौकासहित ५१ रन बनाउनुभयो । रोहितले १२ रनमा छँदा जीवनदान पाउनुभएको थियो । रोहित म्यान अफ दि म्यान पनि बन्नुभयो । दीपेन्द्रसिंह ऐरी पनि २३ बलमा ३४ रन बनाएर आउट हुनुभएन । दीपेन्द्रको पालिमा तीन चौका र एक छक्का सामेल थियो ।

यी दुईले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । यी दुईको साझेदारी बन्नुअघि नेपालले नवौँ ओभरमा ५१ रन बन्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल १४ बलमा एक चौकासहित १४ रन बनाएपछि स्पिनर निलान्स केसवानीको बलिङमा क्याच आउट हुनुभयो । वन डाउन ब्याट्सम्यान कुशल मल्ल (९ बलमा ११ रन)का रूपमा नेपालको दोस्रो विकेट निस्कियो । आसिफ शेखसँग रन लिने क्रममा तालमेल नमिलेपछि कुशल रन आउट हुनुभएको थियो । कुशल आउट भएको दुई ओभरपछि आसिफ पनि अलि नसिरको स्लो बललाई ठम्याउन नसक्दा युएईका कप्तान मोहम्मद वासिमद्वारा क्याच आउट हुनुभयो । आसिफले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.