प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य हुँदैन: देउवा

0

काठमाडौं, १६ असोज । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन । नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल सुरु भएको बताए ।
प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता नभएको भन्दै उनले व्यक्तिगत रुपमा कसैसँग गरिएको सम्झौता नेपाली कांग्रेसलाई मान्य नहुने प्रष्ट पारे । उनले अब बन्ने प्रधानमन्त्रीले मुलुकलाई निकास दिने पनि बताए । वरिष्ठ नेता देउवाले मधेसमा आन्दोनलरत दलसँग वार्ता भइरहेकाले केही दिन भित्रै टुंगोमा पुग्ने बताए । भारतले नाकाबन्दी गरेर नेपाली जनताको जनजीवन प्रभावित भएको भन्दै उनले कुटनीतिक रुपमा नाका खोल्ने पहल भइरहेको र दुई दिनभित्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.