प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

0

काठमाडौं \  नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ  लिनुभएको छ।मङ्गलबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेलगायत संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.