दशगजामा धर्नामा बसेकालाई भारतमा निःशुल्क भोजन

0

वीरगंज, १२ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत मधेश केन्द्रीत दलका कार्यकर्तालाई भारतका सीमावर्ती क्षेत्रमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । सीमा नाकामा धर्नामा बसेका मधेसवादी दलका कार्यकर्तालाई भारतीय पक्षले नै खानाको व्यवस्था गरेको हो । वीरगञ्ज–रक्सौलको दशगजा क्षेत्रमा धर्नामा बसेकाहरुलाई टेन्टमा खानाको व्यवस्था गरिएको छ ।
रक्सौल नाकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा धर्ना जारी छ । अध्यक्ष महतो पनि भारतीय पक्षले व्यवस्था गरेको टेन्ट मै गएर खाना खाने गरेका छन् । धर्नामा बसेकाहरुका लागि पिउने पानी र सुलभ शौचालय नगर परिषद रक्सौलले दशगजामै उपलब्ध गराउँदै आएको छ ।
नाका ठप्पले गर्दा भारतीय शहर रक्सौलदेखि रामगढवासम्म मालवाहक सवारी साधनको लाइन लागेको छ । ग्यास, इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न लगायतका सामाग्री बोकेका मालवाहक सवारी साधन सीमावर्ती शहर रक्सौलदेखि २५ किलोमिटर टाढा रामगढवासम्म सडक पेटीमा थन्किएर बसेका छन् ।

Leave A Reply

Your email address will not be published.