ट्रकमा आगजनी

0

लहान, १२ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गएराति सिरहाको मिर्चैयास्थित ग्यारेजमा राखिएको एउटा ट्रकमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चोकस्थित मुन्ना ग्यारेजमा राखिएको ना४ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
आगजनीबाट ट्रकको सिट जलेर नष्ट भएका छन् भन्ने इन्जिनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । आगजनी भएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्काल आगजनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.