राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध, माग्यो प्रधानमन्त्रीको राजीनामा

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेको छ ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए ।

Leave A Reply

Your email address will not be published.