देशका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ : रवि लामिछाने

0

काठमाडौं \  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको बिचार भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी पंक्ती अब देशमा गन्न नसकिने रुपमा अघि बढीसकेको बताउनु भयो ।

लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताउनुभयो । उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्नुभयो । उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गर्नुभयो । उहाँले साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने बताउनुभयो ।

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताउनुभयो । लामिछानेले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न चुनौति दिनुभयो ।

Leave A Reply

Your email address will not be published.