नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि नै बलात्कार भयो : आरजु राणा

0

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो बनाएर बदनाम गरिएको बताइन् ।

फेक अडियो अरुको पनि बनेको र नाम आफ्नो मात्र उच्चारण किन भइरहेको छ ? भनी प्रश्न गर्दै उनले यो चरित्र हत्यामात्र नभई चरित्रमाथि नै बलात्कार भएको बताइन् ।

उक्त अडियोको सत्य तथ्य तत्काल सार्वजनिक हुनुपर्ने उनले बताइन् । उनले शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष चाँडो आएको हेर्न आफू आतुर रहेको पनि बताइन् ।

Leave A Reply

Your email address will not be published.