एमालेले सरकारसँग माग्यो नक्कली शरणार्थी प्रकरणबारे प्रगति विवरण

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरेको छ ।

प्रतिनिधि सभामा बोल्दै सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रगति विवरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।

गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताए ।

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनको आपत्ति थियो ।

उनले अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटक–पटक प्रश्न समेत गरे ।

Leave A Reply

Your email address will not be published.