राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने

0

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचार गराउँदा भारतमा लागेको खर्च आफैं व्यहोर्ने भएका छन् ।

मंगलबार एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्न चाहेको बताएका छन् ।

प्रेस संयोजक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

राष्ट्रपति पौडेल छातीमा समस्या देखिएपछि वैशाख ६ गते उपचारका लागि भारत गएका थिए । उनी गत आइतबार स्वदेश फर्किएका थिए । 

Leave A Reply

Your email address will not be published.