कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीको भूमिकाका विषयमा पनि छलफल हुनेछ । साथै सभामुख उपसभामुख निर्वाचनको पनि समीक्षा हुने नेताहरुले बताएका छन् ।

आइतबार संस्थापनइतर समूहको भेलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको थियो ।

Leave A Reply

Your email address will not be published.