नेपालको राजनीति देउवा, ओली र दाहालको अखडा जस्तो भयो : गगन थापा

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल छलकपटको राजनीतिको अखडा बनेको टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गरे ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे ।

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

Leave A Reply

Your email address will not be published.