मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

0

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज पद तथा गोपनीयताको शपथ लिएकमा छन् । 

नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन् । 

मुख्यमन्त्री यादवसँगै तीनजना मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका छन् । मन्त्री हुनेहरुमा नेकपा एमाले एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुसवाहा रहेका छन् । 

तत्कालका लागि मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । बुधबार जसपाका संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवलाई प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.