प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

0

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका दुई र एमालेका एक गरी थप तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीबाट मोरङ छ को एकबाट निर्वाचित जीवन आचार्य र तेह्रथुम एकको दुईबाट निर्वाचित दुर्गाप्रसाद चापागाईं मन्त्री बनेका छन् ।

एमालेबाट सोलुखुम्बु एकको दुईबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन् । मोरङका आचार्य माओवादी अध्यक्ष दाहालका ज्वाइँ हुन् । मन्त्रीहरूलाई हालसम्म कुनै विभाग छुट्याइएको छैन ।

यसअघि नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बू मन्त्री नियुक्त भैसकेका छन् ।

Leave A Reply

Your email address will not be published.