घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

0

काठमाडौं : नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।

गत २३ असोजमा एमाले परित्याग गरेका भुसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए ।

उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । उनी एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए ।

Leave A Reply

Your email address will not be published.