बाजुरा र स्याङ्जाको विवाद : पुनः मतदानको सट्टा मतगणना

0

काठमाडौं : बाजुरा र स्याङ्जा १ मा भएको विवादमा पुनः मतदानको माग भए पनि पुनः मतदान नहुने भएको छ । पुनः मतदानकोसट्टा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय छ । 

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशन दिएको हो । आयोगको बुधबार बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।  

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको थियो । तगणना हुन सकेको छैन । नेकपा एमालेले स्याङ्जा २ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना सुरु गर्न दिएको थिएन । तर नेपाली कांग्रेसले मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो ।

स्याङ्जा–२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका उम्मेदवारसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका थिए । यो क्षेत्रमा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् । 

बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि विवाद भएको थियो । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन । बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

मतदानमा भएको स्याङ्जा–२, बाजुरा र दोलखामा विवादका कारण मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो । 

दोलखामा आज मतदान 

दोलखाको १० वटा मतदान केन्द्रमा आम मतदान छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए । आयोगको मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो । 

Leave A Reply

Your email address will not be published.