प्रतिनिधिसभाका १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जिते ?

0

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म प्रतिनिधिसभाको १६५ मध्ये १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये कांग्रेसले ५३, एमालेले ४१, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ६, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले एक–एक स्थानमा विजय हासिल गरेको छ ।

यसैगरी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा पाँच जना विजयी भएका छन् । मतगणना भइरहेका स्थानमध्ये कांग्रेस ३, एमाले १, माओवादी केन्द्र १, राष्ट्रिय स्वतन्त्र पार्टी १ स्थानमा अगाडि छन् ।

कसलाई कहाँ अग्रता ?

मतगणना अन्तिमतिर आइपुग्दा धेरै सिटमा जितेको कांग्रेसले अझैं ३ सिटमा अग्रता कायम राखेको छ । उदयपुर १ मा नारायण खड्का, सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की र धनुषा ४ मा महेन्द्र यादवको अग्रता छ ।

त्यसैगरी, एमालेको दुई सिटमा अग्रता कायम छ । इलाम १ मा महेश बस्नेत र सुनसरी ३ मा भगवती चौधरीको अग्रता छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कि गोमा तामाङ्ग सुनसरी एकमा अगाडी रहेकी छिन । दोलखा, बाजुरा र स्याङजा २ मा विवादले मतगणना शुरु भएको छैन ।

Leave A Reply

Your email address will not be published.