काठमाडौं : अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कांग्रेसको चुनावी कार्यक्रममा अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको विज्ञहरुको टिम रहेको दाबी पनि गरे ।
उनले थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने भन्दै निर्वाचनमा जिताउन मतदातालाई आह्वान समेत गरे ।
अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए ।
युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।