नागरिकतामा एमालेको दोहोरो भूमिका

0

काठमाडौं : सरकारले दुई पटक सदनबाट बहुमतले पारित गरेर पठाएको नागरिकता विधेयकबारे प्रमुख विपक्षी दल एमालेको अहिलेसम्म पनि प्रष्ट धारणा आएको छैन । तरपनि केही नेताकार्यकर्ता राष्ट्रपतिले विद्यादेवी भण्डारीको कदम सही भएको भन्दै सडकमै पुगेर समर्थन गरिरहेका छन् । त्यत्तिमात्रै होईन, एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले राष्ट्रपतिलाई अपमानित गरेको प्रतिक्रिया पनि दिदैँ आएका छन् । बिहीवार मात्रै एउटा कार्यक्रममा उनले भने, ‘गठबन्धन राष्ट्रपतिलाई वद्नाम र अपमान गर्न खोजिरहेको छ ।ʹ

तरपनि एमालेले यसबारेको औपचारिक धारणा भने हालसम्म पनि सावर्जनिक गर्न सकेको छैन, कारण हो एकातिर नजिकिँदो चुनाव अनि अर्कातिर मधेशतिरको भोट घट्ने डर । सोही कारण नागरिकता विधेयकबारे एमालेले प्रष्ट कुरा राख्नै सकेको छैन ।

‘राष्ट्रपतिले नागरिकता विधेयक अस्वीकारको विषयमा एमालेले तत्काल सत्ता गठबन्धन दल कसरी अगाडि बढ्छ ? त्यसपछि मात्र रणनीति बनाउने तयारीमा एमाले छ,ʹ ओली निकट एक नेताले भने । उनले नागरिकता विधेयकका विपक्षमा एमाले बालेपनि तराईको जनमत घट्ने डर पनि उत्तिकै रहेका बताएका छन् । 

नागरिकता सम्बन्धी अध्यादेश ल्याएर मधेशप्रतिसकारात्मक धारणा बनाएको एमालेले अब कसरी अघि बढ्ने भन्ने रणनीति खोजिरहेको छ । ‘अहिले एमाले संकटमै परेको छ, किनभने चुनावको मुखैमा नागरिकताको विपक्षमा जाँदा तराई क्षेत्रमा यसको नकारात्मक असर पर्ने र त्यहाँ राजनीति गर्नेलाई अझ समस्या हुने देखिन्छ,ʹ राजनीतिक विश्लेषक विष्णु दाहालले भने । उनले बाहिर जे जस्तो अभिव्यक्ति दिएपनि नागरिकताको विपक्षमा जाँदा जनमतमा नकारात्मक असर पर्ने डर एमालेका देखिएको बताएका छन् । 

संविधानको धारा ६१ को उपधारा ३ मा ‘राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने’ प्रावधानमा टेकेर राष्ट्रपति कार्यालयले विधेयक फिर्ता पठाएको जनाएको छ । नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरण हुँदा राष्ट्रियता र राष्ट्रिय एकतामा दूरगामी असर पर्ने तर्क कार्यालयले गर्दै आएको छ । 

राष्ट्रपतिले नागरिकता विधेयक अस्वीकार गरेपछि ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ भयो भनेर परमादेशको माग सहित सर्वोच्चमा पाँचवटा रिट परेका छन् । त्यस्तै, संवैधानिक राष्ट्रपतिले नागरिकता पाउने हक अधिकार हनन गरेको भन्दै अदालतमा मुद्दा पर्न सक्ने अवस्था पनि देखिन्छ । सोही रिटमाथि कस्तो फैसला हुन्छ त्यहीँ अनुसार अघि बढ्ने मनस्थितीमा गठबन्धन देखिएको छ । अनि, एमाले पनि खुलेरै यसको विपक्षमा नजाने रणनीतिमा देखिन्छ । यद्यपि, एमालेलाई नागरिकताको अडानले मधेशको जनमत गुम्ने त्रास भने बढेको छ । 

Leave A Reply

Your email address will not be published.