देशलाई उकालोमा लैजान एमालेले मात्रै सक्छ, चुनावमा हार्नै हुँदैन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले हार्नै नहुने बताएका छन् ।

शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको अवसरमा युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई उकालोमा लैजान एमालेले मात्रै सक्ने भन्दै चुनावमा हार्न नहुने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले गठबन्धन सरकारले देशलाई सबै हिसावले ओरालो गतिमा लगेको आरोप समेत लगाए ।

उनले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई उकालो गतिमा अघि बढाउन एमालेले राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास अभियानलाई सशक्त ढंगले अघि बढाउने बताए ।

अध्यक्ष ओलीले गठवन्धनले गरेको गलत कामको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.