भैरहवामा झडप, ४ वर्षीय बालकको मृत्यु

0

भैरहवा, २९ भदौ । भैरहवामा लुम्बिनी औद्योगिक करिडोरबाट निस्किएका मालबाहक ट्रकहरुमा स्थानीय प्रदर्शनकारीहरुले आगजनी गरेपछि उत्पन्न झडपमा प्रहरीले चलाएको गोली लागेर मंगलबार एक चार वर्षीय बालकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने बालक रुपन्देही गोनाहा–४ का ४ वर्षीय बालक चन्दन पटेल रहेको प्रहरीले जनाएको छ । गोली लागी घाइते भएका बालकको भैरहवास्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको भैरहवामा उपचार भइरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.