असोज ४ मा नयाँ संविधान

0

काठमाडौं, २८ भदौ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संविधानसभाले सर्वसम्मत रुपमा ती दुवै धारालाई संविधानको अंग बनोस भनी सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावलाई पारित गरेको हो ।
धारा ३ मा सभासदहरु विश्वेन्द्र पासवान, अनुराधा थापा, रामकुमार राईले पेश गरेको संशोधन संविधानभाले अस्वीकार गरेको हो । ती संशोधन अस्वीकृत भएपछि कांग्रेस,एमाले र एमाओवादीका तर्फबाट पेश गरेको संशोधन प्रस्ताव सभामुखले निर्णयार्थ पेश गरेका थिए ।
सो प्रस्ताव संविधानसभाको अत्यधिक बहुमतले पारित गरेपछि धारा तीन पनि संविधानको अंग बनेको छ । सो प्रस्ताव कांग्रेसका चीनकाजी श्रेष्ठ, एमालेका अग्नि खरेल र एमाओवादीका गिरिराजमणी पोखरेलले पेश गरेका थिए । हिजोदेखि प्रकृयामा अघि बढेको संसद आज सोमबार ११ बजेदेखि बस्दैछ । आज र भोलिसम्म प्रकृया पूरा गरिने बताइएको छ । त्यसपछि पारित विधेयकलाई पुनः एकीकृत गर्ने केही दिन लागे पनि असोज ४ गते अर्थात् आजको ठीक हप्ता दिनभित्र देशलाई नयाँ संविधान पाउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.