मेरो भ्रमण भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुन्छ : प्रचण्ड

0

काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको बताएका छन् ।

तीन दिने भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो भ्रमण भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने बताएका हुन । अध्यक्ष दाहालले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको पनि बताए ।

दाहालले आफ्नो भारत भ्रमण आकस्मिक नभएको प्रष्टीकरण दिए । दुई महिनाअघि नै भ्रमणको कुरा चलेको उल्लेख गर्दै उनले चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपालभ्रमणलगत्तै भ्रमण हुनु संयोग मात्रै भएको बताए ।

अध्यक्ष दाहालले भारतसँगका सिमाना, व्यापारलगायतका विषयमा कूटनीतिक वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताए ।

सरकार र परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग परामर्श गरेर आफु भ्रमणमा जान लागेको जानकारी दिने दाहालले भ्रमण सत्तारुढ गठबन्धनका लागि समेत महत्वपुर्ण रहेको बताए । उनले आफु छिट्टै चीन भ्रमणमा पनि जान लागेको जानकारी दिए ।

अध्यक्ष दाहालले आफू दुबै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध कायम गर्ने पक्षमा रहेको पनि बताए । प्रधानमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा र आफ्नो भ्रमणको उद्देश्य फरक भएपनि दिल्लीमा भेट हुनसक्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.